Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सांसद अब बैंक संचालक बस्न नपाउने, बाफिया आफ्नो पक्षमा पार्न खोज्नेहरु तरंगित

२०७३ मंसिर ६ गते

bafiya-2सांसद भएका बैंकका संचालकहरु अब के गर्लान् ? यतिबेला एउटा प्रश्न बनेको छ । कुनै समय यी सांसदहरुको लभिङले बाफिया उल्टीन थालेको थियो । अन्तत बाफियाले सकारात्मक मोड लियो र केही सांसदको प्रयास असफल भयो । बेंक पनि हाँक्ने, अनि सांसद पनि बन्ने योजनामा रहेका केही सांसदहरुको अन्तत बैंक संचालकको पद खोसिने भएको छ । अर्थ समितिबाट पारित भएको बाफियामा संवैधानिक पद धारणा गरेका ब्यक्तिहरु बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन नपाउने व्यबस्था छ । सोमबार पारित भएको बाफिया अर्थात बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकमा उल्लेख गरिए अनुसार अब सांसदहरु बैंकका संचालक हुन पाउने छैनन् । उनीहरु बैंकको सञ्चालक बस्न नपाउने व्यबस्थाले हाल सांसद र बैंक संचालक पनि भएकाहरुलाई भने अफ्ठेरोमा पारेको छ ।