Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बजेट कार्यान्वयको अवस्था निराशाजनक, विकास खर्च झन् न्यून  

२०७३ मंसिर ६ गते

budgetआर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा पनि सरकारले बजेट अपेक्षाकृत रुपमा खर्च गर्न सकेको छैन । सरकारले आर्थिक वर्षको पहिलो चौमासिक सकिँदासम्म १४.७१ प्रतिशत मात्र बजेट खर्च गरेको छ । आर्थिक वर्षको सुरुमा निराजनक रुपले हुने बजेट खर्च आर्थिक वर्ष अन्यतिर पुगेपछि हतार–हतारमा गर्ने चलन छ । जसका कारण विनियोजित बजेट खर्च हुन नसकेर वर्षेनी ‘फ्रिज’ हुँदै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री कृष्णबहादुर महराले कर्मचारीलाई देखिने गरी प्रभावकारी काम गर्न निर्देशन दिएपनि बजेट कार्यान्वयनको अवस्था भने निराशाजनक देखिएको हो ।  

विकास खर्च झनै निराशाजनक 
आर्थिक वर्षको पहिलो चौमासिक सकिँदासम्म जम्मा १४.७१ प्रतिशतमात्रै विकास खर्च भएको छ ।  समयमै बजेट ल्याएर प्रभावकारी कार्यान्वयन गर्ने योजना सरकारको भएपनि विकास खर्चको अवस्था पनि झन् निराशाजनक देखिएको हो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पहिलो चौमासिक चालू आवको कात्तिकको अन्तिम आइतबारसम्म  १४.७१ प्रतिशत खर्च भएको छ । त्यसमा पनि विकास खर्चको अवस्था अत्यन्त न्यून छ । सरकारले यस वर्ष ३ खर्ब ११ अर्ब ९४ करोड विकास बजेट विनियोजना गरेको छ । कात्तिक मसान्तसम्म १३ अर्ब ८४ करोड अर्थात ४.४४ प्रतिशत मात्रै खर्च भएको सरकारी तथ्यांक छ । जसअनुसार चालू बजेट २२.०४ प्रतिशत खर्च भएको छ । सरकारले चालू खर्चतर्फ ६ खर्ब १७ अर्ब १६ करोड रुपैयाँ छुट्याएको छ । अहिलेसम्म १ खर्ब ३६ अर्ब ५ करोड रुपैयाँ चालू बजेट खर्च भएको बताइएको छ ।