Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भन्सार कार्यालय पुनस्र्थापित नहुँदा रोकिएन राजस्व चुहावट, तस्करी समेत मौलाउँदै

२०७३ मंसिर ५ गते

traffickingसशस्त्र द्वन्द्वका समयमा विस्थापित इलामका छ ओटा छोटी भन्सार कार्यालय अझै पनि पुनस्र्थापित नहुँदा राजस्व चुहावट नियन्त्रण हुन सकेको छैन । द्वन्द्वका समयमा असुरक्षाको कारण देखाउँदै विस्थापित छोटी भन्सार पुर्नस्थापना नभएपछि खुला सिमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करीसमेत बढेको छ । मेमेङ, च्याङ्थापु, छिरुवा, बन्दुके, माइमझुवा र छव्बिसे छोटी भन्सार कार्यालय अहिलेसम्म पुर्नस्थापना हुन नसकेका हुन् । विस्थापित भएका छोटी भन्सार कार्यालयमध्ये अहिले मानेभञ्ज्याङ र तुम्लिङ पुर्नस्थापित भएको पशुपतिनगर भन्सार कार्यालयले बताएको छ ।

छोटी भन्सार कार्यालय पुर्नस्थापना नभएपछि लत्ताकपडा, निर्माणका सामग्री, विद्युतीय सामान, सवारीसाधनका पार्टपुर्जा र पेट्रोलियम पदार्थको चोरी निकासी बढेको स्थानीयवासी बताउँछन् । बिना भन्सार निर्यात भएका सामग्री इलामका ग्रामीण सडक हुँदै रातारात इलाम, पाँचथर र ताप्लेजुङसम्म पुग्ने गरेका छन् ।

नेपालतर्फ छिर्ने ३ सयभन्दा बढी अवैध गोरेटो बाटा भएकाले तस्करले भन्सार छलेर भारतीय सामान नेपाल भित्र्याउने गरेका छन् । तस्करले रातको समयमा सामान भित्र्याउने गरेकाले नियन्त्रण गर्न कठिनाइ भएको भन्सार कार्यालयले बताएको छ । रासस