Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति पाएका तीन वित्तीय संस्थाहरु

२०७३ मंसिर ३ गते

नेपाल धितोपत्र बोर्डले तीन वटा वित्तीय संस्थालाई हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको छ । 

saptakoshiसप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकको हकप्रदलाई इक्राले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । हाल १० करोड चुक्ता पुँजी रहेको बैंकको हकप्रद जारी पछि यो पुँजी २० करोड रुपैयाँ पुग्ने छ । 

sagarmathaत्यस्तै, सगरमाथा फाइनान्स लिमिटेडले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डको अनुमति पाएको छ । यसअघि नै १५ दशमलव ८५५ प्रतिशतका दरले बानेस शेयर दिने घोषणा गरेको कम्पनीले बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीबाट उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले २९ लाख ५४ हजार ३८९ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

namasteयता, नमस्ते वित्तिय संस्था लिमिटेडले पनि शतप्रतिशत अर्थात् एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।