साधारण सेयरमा आबेदन गर्दा सेयर नपरी बाँकी रहेको पैसा पाँच वर्षसम्म पनि फिर्ता नलिए लगानीकर्ता संरक्षण कोषमा जाने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सबै सुचिकृत कम्पनीहरुलाई परिपत्र गरी लगानीकर्ताले फिर्ता नलिएको पाँच बर्ष पुरानो रकमका बारेमा जानकारी दिन एक महिनको अबधि तोकेको छ ।
कम्पनी ऐन २०६३ अनुसार भएको व्यवस्थाले लगानीकर्ता संरक्षण कोषको स्थापना, व्यवस्थापन तथा सञ्चालनको लागि कार्यविधि स्वीकृत भए पछि स्थापना गरिएको कोषमा त्यस्तो रकम जम्मा गर्न लागिएको हो । लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ अनुसार स्थापित कोषमा अब त्यस्तो रकम जम्मा भए पछि लगानीकर्ताले वर्षौदेखि सुचिकृत कम्पनीमा जम्मा भएको नगद लाभांस संकलन गर्न पाउने छैनन् ।


