November 16th, 2016

सेती फाइनान्सको १५० प्रतिशत हकप्रद सेयर खुल्यो, यसरी दिनुस् आवेदन

seti-financeसेती फाइनान्स लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर निष्काशन खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ५१ हजार ७८६ कित्ता सेयर बुधबार (मंसिर १ गते) देखि निष्काशन खुला गरेको हो । कात्तिक ९ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयर पुस ५ गतेसम्म भर्न पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । एनआईबिल क्यापिटल, नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंक लिमिटेडमा उक्त हकप्रदका लागि आवेदन दिन पाइनेछ ।

हाल कम्पनीको ६ करोड ३४ लाख ५२ हजार ४०० रुपैयाँ चुक्ता पुँजी छ । हकप्रद जारीपछि पुँजी नौ करोड ५१ लाख ७८ हजार ६०० रुपैयाँ थपिने छ । असार मसान्तसम्ममा कम्पनीले ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।