Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जनता बैंकको ५० प्रतिशत हकप्रद खुल्यो

२०७३ मंसिर १ गते

janata bank 1जनता बैंक नेपाल लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३ लाख कित्ता हकप्रद शेयर बुधबार (मंसिर १ गते) देखि निष्काशन खुला गरेको हो ।

पुस ५ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरमा कात्तिक १० गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्रि प्रबन्ध एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडले गर्दैछ । जनता बैंकका विभिन्न कार्यालय र विक्रि प्रबन्धक एनसिएममा उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ । 

जनता बैंकले राष्ट्र बैंकको निर्देशनअनुरुप आठ अर्ब चुक्तापुँजी पुर्याउनका लागि हकप्रद सेयर जारी गर्न लागेको हो । हाल जनता बैंकको पुँजी दुई अर्ब छ करोड रुपैयाँ छ । हकप्रद सेयर वितरण गरेपछि बैंकको पुँजी तीन अर्ब नौ करोड रुपैयाँ पुग्छ । पुँजी वृद्धिका लागि राष्ट्र बैंकले तोकेको समययावधि अब आठ महिना मात्रै बाँकी छ । यो आठ महिनामा बैंकले चार अर्ब ९१ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।