
बैंकिङ खबर/अमेरिकी डलरको भाउ निरन्तर ओरालो यात्रामा लागेको छ । अमेरिकी डलरको भाउ सोमबारदेखि लगातार घटिरहेको हो । सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र भने बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको थियो ।
यस्तै मंगलबार १३२ रुपैयाँ ७३ पैसा (खरिद दर) र १३३ रुपैयाँ ३३ पैसा बिक्री दर रहेको अमेरिकी डलरको भाउ बुधबार खरिद दर १३२ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ २९ पैसा रहेको अमेरिकी डलरको भाउमा कायम भएको थियो । आज बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।
अमेरिकी अर्थतन्त्र कमजोर हुँदा डलरको भाउ घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरो १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७४ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ ।
उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै बिहीबार अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८६ पैसा र बिक्री दर ८९ रुपैयाँ २६ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५६ पैसा र बिक्री दर २८ रुपैयाँ ६९ पैसा रहेको छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३५ पैसा र बिक्री दर ३५ रुपैयाँ ५१ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा छ भने बिक्री दर १० रुपैयाँ ९ पैसा छ ।




