Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

एटीएम मेसिन नै चोरी

२०८० पुष २३ गते

बैंकिङ खबर/भारतको आगरामा एटीएम मेसिन नै चोरी भएको छ । एसबीआई बैंकको एटीएम मेसिन आइतबार राति करिब चोरी भएको हो । चोरीको उक्त घटना सीसीटीभी क्यामेरामा कैद भएको छ । चार–पाँच जनाको समूहले एटीएम मेसिनलाई एउटा पिकअप भ्यानमा राखेको सीसीटीभी फुटेजमा देखिन्छ ।

कागारौल गाउँमा उक्त घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एटीएम मेसिन रहेको घरकै माथिल्लो तलामा बस्दै आएका रामनिवास रावतले राति आवाज आएपछि प्रहरीलाई खबर गरेका थिए । केही बेरमा प्रहरी आएर हेर्दा एटीएम मेसिन नै गायब थियो ।

पुलिस कमिस्नर डा. प्रितीन्दर सिंहका अनुसार एटीएम मेसिनमा २९ देखि ३० लाख नगद थियो । उनले आसपासका क्षेत्रमा चेकजाँच कडाइ गरिएको र नाकाहरुमा निगरानी बढाइएको जानकारी दिँदै चोरहरू चाँडै पक्राउ पर्ने बताए ।