Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

श्रीलंकामा भित्रियो ५.४ अर्ब डलर विप्रेषण

२०८० मंसिर २४ गते

बैंकिङ खबर/सन् २०२३ को पहिलो ११ महिनामा श्रीलङ्काका आप्रवासी कामदारहरूले ५.४ अर्ब अमेरिकी डलर पठाएको यहाँको केन्द्रीय बैङ्क सीबीएसएल ले जारी गरेको एक तथ्याङ्कले देखाएको छ।

कामदारहरूले नोभेम्बरमा ५३ करोड ७३ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन्, जुन गत वर्षको सोही महिनाको ३८ करोड ४० लाखको डलरको तुलनामा ४० प्रतिशतले बढी हो, सीबीएसएलको तथ्याङ्कमा उल्लेख छ।

कामदारहरूले सन् २०२२ को पहिलो ११ महिनामा ३.३ अर्ब डलर पठाएको बैङ्कको तथ्याङ्कले देखाएको छ। प्रवासी कामदारले पठाउने रकम श्रीलङ्काका लागि विदेशी मुद्रा आर्जनकोे एक प्रमुख स्रोत हो। सन् २०२३ को नोभेम्बर महिनाको अन्त्यसम्म २७ लाख पाँच हजार श्रीलङ्कालीहरू वैधानिक रूपमा वैदेशिक रोजगारीका लागि बिदेश गएका विदेशमन्त्री अली साब्रीले बिहीबार संसद्मा बताए।