December 5th, 2023

बिटक्वाइनको मूल्य बढ्न थाल्यो

बैंकिङ खबर/अन्तर्राष्ट्रिय बजारमा बिटक्वाइनको मूल्य निरन्तर बढ्न थालेको छ । एक वर्षयता निरन्तर बढ्न थालेको बिटक्वाइनले पछिल्लो समय फेरि कीर्तिमानी मूल्य छुन थालेको हो । सन् २०२१ नोभेम्बरमा बिटक्वाइनले कीर्तिमानी मूल्य ६४ हजार ४०० डलरको मूल्य पार गरेको थियो ।

त्यसयता, केही समय घटेर १६हजार ४५२ अमेरिकी डलरसम्म आइपुगेको थियो । जुन, पछिल्लो समय फेरी बढेर ४१ हजार ६१४ अमेरिकी डलर पुगेको थियो । यो एक वर्षसम्म आएको निरन्तरको वृद्धि हो ।

एक वर्षको अवधिको तुलनामा हाल २४ हजार ६१२ अमेरिकी डलरले मूल्य उकालो लागेको छ । यो १४५ प्रतिशतभन्दा धेरैको वृद्धि हो । यस्तै, ६ महिनाको अवधिमा ६१ प्रतिशतले बढेको छ भने एक महिनाको अवधिमा १८ प्रतिशतले मूल्य बढेको छ । आज भने बिटक्वाइनको मूल्यमा १ प्रतिशतको गिरावट आएको छ ।

बिटक्वाइन भर्चुअल मुद्राका रुपमा विश्वभर प्रचलनमा छ । यसलाई कयौं देशले प्रतिबन्ध समेत लगाएका छन् । हालसम्म बिटक्वाइनको निर्माता कम्पनी र स्वामित्व कसको भन्ने खुलेको छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]