November 30th, 2023

फेरि विश्वका शीर्ष २० धनी व्यक्तिको सूचीमा परे गौतम अदानी

बैंकिङ खबर/गौतम अदानी फेरि विश्वका धनी व्यक्तिको सूचीमा परेका छन् । भारतीय सेयर बजारमा सूचीकृत उनको १० वटै कम्पनीको सेयरको मूल्य बढेपछि शीर्ष २० धनी व्यक्तिको सूचीमा उनी परेका हुन् । केहि कम्पनीको सेयर मूल्यमा २० प्रतिशतले बृद्धि भएको छ । यसले समूहको कुल बजार पूँजी १ लाख करोड रुपैयाँभन्दा बढी बढेको छ।

ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार उनको पूँजी एक दिनमा करिब ६.५ अर्ब डलर अर्थात् करिब ५४ हजार करोड रुपैयाले बढेको छ । विभिन्न कम्पनीहरुको सेयर मूल्य बढेपछि उनको नेटवर्थ बढेको हो ।

गौतम अडानीको सम्पत्तिमा यो बृद्धिपछि उनको कुल सम्पत्ति ६६.७ अर्ब डलर पुगेको छ । उनी शीर्ष २० धनीहरुको सूचीमा १९औं स्थानमा आइपुगपेका छन् ।

यति मात्र होइन, उनको उचाई एसियाकै धनीको श्रेणीमा आएको छ । उता रिलायन्स कम्पनीका अध्यक्ष मुकेश अम्बानीको सूची पनि बढेको छ । अडानीपछि अम्बानी एसियाकै दोस्रो धनी भएका छन् । शीर्ष २० धनीको सूचीमा भारतका मुकेश अम्बानी १३ औं स्थानमा छन् । यो वर्ष उनको पूँजी २ अर्ब ३४ करोड डलरले बढेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]