
बैंकिङ खबर/रिभर्ज बैंक अफ इन्डिया(आरबीआई) का पूर्व गभर्नर एस बैंकटरमनको निधन भएको छ। सन् १९९० देखि १९९० सम्म उनी गभर्नर पदमा कार्यरत रहेका थिए ।उनको ९२ वर्षको उमेरमा निधन भएको हो । १८ औं गभर्नरका रुपमा कार्य गर्ने मौका पाएका उनले सन् १९८५ देखि १९८९मा वित्त मन्त्रालयमा वित्त सचिव पनि भएर काम गरेका थिए । उनका दुई वटा छोरी छन् ।
उनले कर्नाटक सरकारको वित्त सचिव र सल्लाहकारको रूपमा पनि काम गरेका थिए । सेवानिवृत्त भएपछि पनि उनी अशोक लेल्याण्ड इन्भेस्टमेन्ट सर्भिसेज, न्यू त्रिपुरा एरिया डेभलपमेन्ट कर्पोरेशन र अशोक लेल्याण्ड फाइनान्सका अध्यक्ष भएका थिए ।
उनी रिलायन्स इन्डस्ट्रीज, एसपीआईसी, पिरामल हेल्थकेयर, तमिलनाडु वाटर इन्भेस्टमेन्ट कम्पनी र एचडीएफसी जस्ता कम्पनीहरूको बोर्डको पनि सदस्य थिए ।



