Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भारु नोटको समस्या सुल्झाउन पूर्वअर्थमन्त्रीहरुले दिए यस्ता सुझाव

२०७३ कार्तिक २६ गते

surendra-ic-ramsharanनेपाली काँग्रेसका डा. रामशरण महतले भारतमा पाँचसय र एक हजार दरका नोटको प्रतिस्थापनासम्बन्धी निर्णयबाट नेपाली नागरिकमा परेको अन्यौललाई चिर्न सरकारले तत्काल चासो दिन सुझाव दिएका छन् । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा उनले भने, “स्रोत खुलेका, साना व्यवसायी र पेन्सन प्राप्त गरिरहेका व्यक्तिको हितका रक्षा गर्न सरकारबाट तत्काल आवश्यक कदम चालियोस् ।” पूर्व अर्थमन्त्री डा महतले भारु नोटका कारण उत्पन्न परिस्थितिको समय नै सम्बोधन गर्न नसकिएन भने कालोधन सेतो बनाउन सक्ने घटनाप्रति सचेत हुन आवश्यक रहेकामा जोड दिए ।

नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले भारु प्रतिस्थापन गर्ने निर्णयले दीर्धकालीन रुपमा नेपालको अर्थतन्त्रलाई माथि उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने– “अर्काको देशको पैसा बोकेर हुँदो नहेनछ भन्ने हामीलाई राम्रो सन्देश दिएको छ, यसले कारोबारलाई पारदर्शी तुल्याएको हुँदा अर्थतन्त्रमा सकारात्मक सङ्केत गर्दछ, हामीसित त्यत्ति धेरै मात्रमा भारु नोट नरहेको मैले बुझेको छु ।” पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले सरकारले पनि भारु प्रतिस्थापनबाट पर्न सक्ने असरलाई कम गर्न ध्यान दिन आग्रह गर्दै यही मौकाबाट कालोधनलाई सेतो बनाउन सक्ने कार्यलाई रोक्न आग्रह समेत गरे । रासस