November 11th, 2016

आयो काष्टमण्डप डेभलपमेन्ट बैंकको २५ प्रतिशत हकप्रद सेयर

kastamandapकाष्टमण्डप डेभलपमेन्ट बैंकले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका १६ करोड ९९ लाख ७४ हजार एक सय ७० रुपैयाँ बराबरका १६ लाख ९९ हजार चार सय ७१ दशमलव ७० कित्ता हकप्रद सेयर सर्वसाधारण सेयरधनीका लागि निष्काशन गरेको हो । उक्त हकप्रदका लागि आगामी मंसिर ३० गतेसम्म आवेदन दिन सकिनेछ । 

बैंकको सेयर निष्काशन तथा विक्रि प्रबन्धक एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेड, कमलपोखरी, काठमाडौं र काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेडका सम्पूर्ण शाखाहरुमार्फत उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ । यसबाहेक अन्य माध्यम मार्फत दरखास्त दिन चाहने साविक शेयरधनीहरुले एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेडको नाममा खिचिएको एकाउण्टपेयी ड्राप्mट तथा निष्काशन कम्पनी तथा निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाईटबाट दरखास्त फाराम डाउनलोड गरी हकप्रद शेयर खरिदका लागि दरखास्त फाराम सिधै हूलाक वा कूरियरद्वारा एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेड, कमलपोखरी, काठमाडौंमा पठाउन सक्नेछन् । यस हकप्रद शेयर निष्काशनका लागि कुमारी बैंक लि., पुतलिसडक, काठमाडौं र सानिमा बैंक बैंक लि., नक्साल, काठमाण्डौं लाई निष्काशन बैंकको रुपमा नियुक्त गरिएको काष्टमण्डपले जनाएको छ । 

हाल काष्टमण्डप डेभलपमेन्ट बैंकको चुक्तापुँजी ६७ करोड ९८ लाख ९६ हजार छ सय ८० रुपैयाँ रहेको छ । उक्त हकप्रद निष्काशनपश्चात् बैंकको चुक्तापुँजी ८४ करोड ९८ लाख ७० हजार आठ सय ५० रुपैयाँ पुग्नेछ । काष्टमण्डप राष्ट्रिय स्तरको विकास बैंक हो । आगामी असार मसान्तसम्ममा बैंकले चुक्तापुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्नेछ ।