
बैंकिङ खबर/रुसको केन्द्रीय बैंकले ब्याजदर ३५० आधार बिन्दुले बढाएर १२ प्रतिशत पुर्याउने निर्णय गरेको छ । मंगलबार केन्द्रीय बैंकले बैंकको ब्याजदर १२ प्रतिशत पु¥याउने निर्णय गरेको हो। आकस्मिक बैठक बोलाएको केन्द्रीय बैंकले मुद्रास्फितिको दबाबका कारण मूल्य स्थिरता जोखिम सीमित गर्ने उद्देश्यले यो निर्णय गरिएको जनाएको छ । रुसमा अगस्ट ७ सम्म वार्षिक मुद्रास्फिति दर बढेर ४.४ प्रतिशत पुगेको छ। हाल मूल्य वृद्धिदर निरन्तर बढीरहेको बैंकले जनाएको छ।
बैंकका अनुसार आन्तरिक मागमा भएको स्थिर वृद्धिले उत्पादन विस्तार गर्ने क्षमतालाई कमजोर बनाएको छ। यसले मुद्रास्फितिको दबाब बढेको छ। आयातको उच्च मागमार्फत मुद्राका विनिमय दरको गतिशीलतालाई प्रभाव पारेको छ। बैंकको यो निर्णयले सन् २०२४ मा मुद्रास्फितिलाई ४ प्रतिशतमा पु¥याउने अपेक्षा छ। अमेरिकाको तुलनामा रसियन मुद्रा १०१ ले कम छ। सोमबार र मंगलबार रुबल ९८ कायम थियो।



