Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘आईएमई हात हुँदैन खाली’ योजनाका विजेताले पाए युएम पावर म्याक्स स्कुटी 

२०७३ कार्तिक २२ गते

imeआईएमई लिमिटेडले विजया दशमी (२०७३) मा ल्याएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक योजना अन्तर्गत सबै हप्ताका भाग्यशाली विजेताहरूलाई उपहार प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख–बजार तथा व्यापार प्रवद्र्वन ड्यानिल दास श्रेष्ठ र ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयुतm रुपमा बिजेताहरूलाई उपहारस्वरूप चार थान युएम पावर म्याक्स स्कुटी प्रदान गरेका हुन् ।

उपाहार पाउनेमा कन्ट्रोल नं. ९०६७९०८०१७ मा मलेशियाबाट पैसा पठाउने तिलक बहादुर श्रेष्ठ, ७७७९७४२१३८७ मा कतारबाट पैसा पठाउने सुरेन्द्रप्रसाद थारु, ९०६७६४८६५६४ मा मलेसियाबाट पैसा पठाउने आङ्ग नर्बु शेर्पा र १२३९०३९४३२५ मा डेनमार्कबाट पैसा पठाउने सरोज श्रेष्ठ छन् । विजेताको सिफारिसमा लाल बहादुर श्रेष्ठ, भीम बहादुर चौधरी, भीमप्रसाद खड््का र हरि लक्ष्मी श्रेष्ठलाई क्रमशः प्रथम, दोस्रो, तेस्रो  र चौथो हप्ताको लागि एक÷एक थान युएम पावर म्याक्स स्कुटी हस्तान्तरण गरिएको आईएमईले जनाएको छ ।

यस योजनाअन्तर्गत दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट समेत उपलब्ध गराईएको छ । साथै, विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्तालाई निश्चित उपहारस्वरुप विभिन्न मर्चेन्डाईजको व्यवस्था गरिएको जानकारी आईएमईले दिएको छ ।  

गत असोज १ गतेदेखि ३० गतेसम्म “आईएमई हात हुँदैन खाली” योजना सञ्चालनमा ल्याइएको थियो । यस योजनामा १४९ आईएमई सेन्टर सहित ५,२०० सयभन्दा बढी  रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाका देशभरि फैलिएका विभिन्न शाखाका लाखौं सेवाग्राहीहरू सहभागी भएको आईएमईको दाबी छ ।