July 18th, 2023

भारतमा बिग मर्जरः विश्वकै सातौँ ठूलो बैंक बन्यो एचडीएफसी

बैंकिङ खबर/ भारतमा निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एचडीएफसीले एचडीएफसी लिमिटेडसँग मर्जर गरेको छ । मर्जरसँगै १०० अर्ब डलरको बजार पुँजीकरण भएको कम्पनीहरुको क्लबमा सामेल भएर विश्वकै सातौँ ठूलो बैंक बन्न सफल भएको छ । सोमबार बैंकको बजार पुँजीकरण १५० अर्ब डलर नाघेको छ । यो बैंकभन्दा अगाडि मोर्गन स्टेनली, गोल्डम्यान साक्स र बैंक अफ चाइना छन्।

हाल जेपी मोर्गन ४३८ अर्ब डलरको बजार पुँजीकरणका साथ विश्वकै सबैभन्दा ठूलो बैंक रहेको छ। त्यसपछि दोस्रो र तेस्रो स्थानमा बैंक अफ अमेरिका (२३२ अर्ब डलर) र चीनको आईसीबीसी (२२४ अर्ब डलर) रहेका छन्।

एचडीएफसी बैंक र यसको मूल कम्पनी एचडीएफसी लिमिटेडको मर्जर जुलाई १ मा सम्पन्न भएको थियो। एचडीएफसी बैंकले सोमबार आएको जुन त्रैमासिक नतिजामा वार्षिक आधारमा ३० प्रतिशतको वृद्धिका साथ ११ हजार ९५१.७० करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा नाफाको ९ हजार १९६ करोड रुपैयाँ थियो।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]