प्रभु मनी ट्रान्सफर प्रालीले प्रभु लक्की सेभेन योजनाका सातौ हप्ताका विजेताहरुको नामावली सार्वजनिक गरेको छ । सातौँ अर्थात् यस योजनाको अन्तिम साता कमली कामीले टीभी, जगदेव मोचीले मोबाइल र ललिता थापामगरले डिसहोम पाएका छन् । बाँकी ४९ जना विजेताले रिचार्ज कार्ड पाएका छन् ।
यस योजना अन्तर्गत समग्रमा ३६४ जना ग्राहक लाभान्वित भएको कम्पनीले जनाएको छ । आगामी मंगलबार यस योजनाको बम्पर उपहारस्वरुप विजेताहरु बीचमा लक्की ड्र गरी दुई जनालाई मोटरसाइकल प्रदान गरिने समेत कम्पनीले जनाएको छ । आजसम्म घोषित विजेताहरुमध्ये उपहार लिन असमर्थ भएकाहरुलाई घरमा नै उपहार पुर्याइदिने व्यवस्था प्रभुले गरेको छ ।
प्रभु लक्की सेभेन सातौँ साताका विजेताको नामावली :



