Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

‘आफूले दुःखले आर्जेको रकम योजनाबद्ध रुपले बचत गरौं’

२०८० असार १२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स) रकम स्वदेश पठाउँदा सजग भई औपचारिक माध्यमबाट मात्र पठाउन आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो सचेत गराएको हो। ‘आफूले दुःखले आर्जेको रकम योजनाबद्ध रुपले बचत गर्ने गर्नुपर्दछ’, सूचनामा भनिएको छ।

राष्ट्र बैंकले रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत तथा मुद्दति खातामा जम्मा गरेमा कम्तीमा १ प्रतिशत थप ब्याज प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ।

वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन र बचत गर्ने बानीलाई प्रोत्साहन गरी पुँजी निर्माणको कार्यलाई प्रभावकारी बनाउन वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकममा यस्तो व्यवस्था गरिएको हो।

बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रकारका निक्षेप खाता सञ्चालन गरेका हुन्छन्। ‘ती खातामा फरक–फरक दरमा ब्याज प्रदान गरिएको हुन्छ’, सूचनामा भनिएको छ।