Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

श्रीलंकाको मुद्रास्फीति २२.१ प्रतिशतमा झर्यो

२०८० असार ७ गते

बैंकिङ खबर/श्रीलंकाको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको छ । राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित श्रीलङ्काको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको जनगणना तथा तथ्यांक विभागले सार्वजनिक गरेको छ ।
एनसीपीआईका अनुसार अप्रिलको मुद्रास्फीति ३३.६ प्रतिशत थियो । खाद्य श्रेणीको मुद्रास्फीति अप्रिलमा २७.१ प्रतिशतको तुलनामा मे महिनामा १५.८ प्रतिशतमा झरेको छ ।

गैर–खाद्य समूहको मुद्रास्फीति वैशाखमा ३९.० प्रतिशतबाट घटेर मे महिनामा २७.६ प्रतिशतमा पुगेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले अनुमानित गिरावटको मुद्रास्फीति प्रवृति सन् २०२३ सम्म जारी रहने अपेक्षा गरेको छ । सन् २०२३ को अन्त सम्ममा एकल–अंकको तथ्यांकमा प्रचलित उच्च मुद्रास्फीतिलाई ल्याउने अपेक्षा गरिएको छ ।