Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पूँजीगत खर्च बढाउन सरकारको नयाँ ‘ट्रिक’, कडा प्रावधानसहितको नीति ल्याउँदै 

२०७३ कार्तिक १९ गते

artha-mantralaya

पूँजीगत खर्च बढाउन सरकारले नयाँ ट्रिक अपनाउने भएको छ । त्यसका लागि कडा प्रावधानसहितको नयाँ नीति ल्याउने तयारी तिब्र पारिएको छ । अहिले पूँजीगत बजेट खर्च गर्न नसक्दा विकासका कामहरु अतपत्रप्राय हुने गरेका छन् । विकासका कामलाई प्रभावकारी नबनाउँदा सरकारप्रतिको विश्वास नागरिकमा घट्दै जाने भएकाले पूँजीगत खर्च बढाउन सरकारले नयाँ ‘ट्रिक’ अपनाउने भएको हो । 

krishna-maharaके हो त्यस्तो 'ट्रिक' ? 

विकास बजेटमा हुने टेण्डर मङ्सिर महीनाभित्र गर्ने र चैतभित्र ५० प्रतिशत काम सक्नुपर्ने प्रावधानसहितको नयाँ नीति ल्याउने सरकारको तयारी छ । यससम्बन्धी जानकारी अर्थमन्त्रालयले दिएको हो । प्राय हरेक सरकारको पालामा आर्थिक वर्षको अन्तिमतिरमात्र हतारमा विकास बजेट खर्च गर्ने परम्परा छ । त्यस्तो चलन हटाउन पनि उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले यस्तो नीति अख्तियार गर्न लागेका हुन् । शुक्रबार बैंकिङ खबरलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा अर्थमन्त्री महराले नीति ल्याएलगत्तै यस्ता योजनाको अनुगमनमा सरकारले विशेष कडाई गर्ने जानकारी दिए । ‘अबको नीति विगतको जस्तो ल्याउने र वास्ता नगर्ने हुँदैन’, उनले भने, ‘त्यसको कडा अनुगमन हुनेछ ।’   
उनका अनुसार ल्याइने नयाँ कार्यक्रमले रुग्ण उद्योगलाई केहि राहत पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रिय उद्योगहरुलाई प्रोत्साहन हुने गरी सरकारले नीति बनाउने उनको भनाइ थियो । रुपन्देहीको मोतिपुरमा बन्न लागेको औद्योगीक करिडोर निर्माणको कामलाई पनि प्रथामिकतामा राखिने महराले जानकारी दिएका छन् ।