२०८० बैशाख १८ गते

विद्युतीय भुक्तानी र अपनाउनुपर्ने सजगता

बैंकिङ खबर/ पछिल्लो समय विद्युतीय भुक्तानी गर्नेको संख्यमा उल्लेख्य वृद्धि भएको छ । दैनिक उपभोग्य वस्तुदेखि हरेक क्षेत्रमा सहजरुपमा विद्युतीय भुक्तानी गर्न सकिने भएपछि कारोबारको मात्रामा वृद्धि भएको हो ।

सर्वसुलभरुपमा उपलब्ध भएको क्यूआर कोड भुक्तानीका कारण नागरिकको जीवनसमेत सहज भएको छ । नगद नै नभएपनि दैनिक जीवनयापन गर्न सकिने भएकाले पनि विद्युतीय भुक्तानीका विभिन्न उपकरणको वृद्धि भएको हो ।

विद्युतीय भुक्तानी भनेको के हो ?

कम्प्युटर, मोबाइल, कार्ड जस्ता विद्युतीय उपकरणहरूको प्रयोग गरी इन्टरनेटका माध्यमबाट सम्पादन गरिने भुक्तानी कारोबारलाई विद्युतीय भुक्तानी भनिन्छ । नगद, चेक जस्ता उपकरणको प्रयोग विद्युतीय भुक्तानीअन्तर्गत पर्दैन ।

नेपालमा विद्युतीय भुक्तानी सम्बन्धी काम गर्ने संस्था कति प्रकारका छन् ?

भुक्तानी प्रणाली सञ्चालक (Payment System Operator-PSO) र भुक्तानी सेवा प्रदायक (Payment Service Provider-PSP) गरी नेपालमा विद्युतीय भुक्तानीसम्बन्धी काम गर्ने संस्थाहरू दुई प्रकारका छन् ।

विद्युतीय भुक्तानी कारोबार गर्दा के-कस्ता सजगता अपनाउनुपर्दछ ?

प्रयोगकर्ताहरूले कुनै पनि माध्यमबाट आफ्नो गोप्य Password, One Time Password (OTP) वा संवेदनशील विवरण (जस्तै; खाता नम्बर, जन्म मिति, नागरिकता वा राहदानी नम्बर आदि) अन्य व्यक्तिलाई उपलब्ध गराउनुहुँदैन, आफूले राखेको पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ र यस्ता पासवर्डहरू गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ ।

भुक्तानीका लागि प्रयोग गरिने कार्ड, मोबाइल जस्ता उपकरण चोरी भएमा वा हराएमा सम्बन्धित सेवा प्रदायकलाई तत्काल जानकारी गराई सेवा बन्द (Block) गर्नुपर्दछ ।

Notices_PSD