सेती फाइनान्स लिमिटेडको १५० प्रतिशत हकप्रद सेयर मंसिर १ गतेबाट निष्काशन हुने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ५१ हजार ७८६ कित्ता सेयर जारी गर्न लागेको हो । कात्तिक ९ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयर पुस ५ गतेसम्म भर्न पाउनेछन् । कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । एनआईबिल क्यापिटल, नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंक लिमिटेडमा उक्त हकप्रदका लागि आवेदन दिन पाइनेछ ।
हाल कम्पनीको ६ करोड ३४ लाख ५२ हजार ४०० रुपैयाँ चुक्ता पुँजी छ । हकप्रद जारीपछि पुँजी नौं करोड ५१ लाख ७८ हजार ६०० रुपैयाँ थपिने छ । असार मसान्तसम्ममा कम्पनीले ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।



