सिद्धार्थ बैंकले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर विहीबार (कात्तिक ११ गते) देखि निष्काशन गरेको हो । आगामी मंसिर १५ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरका लागि गत असोज १६ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । सिद्धार्थ बैंकको केन्द्रय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरु, लक्ष्मी क्यापिटल लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडमा हकप्रदका लागि आवेदन दिन सकिनेछ ।


