
बैंकिङ खबर/अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई विस्तारित कोष सुविधा (ईएफएफ) अन्तर्गत ३ अर्ब अमेरिकी डलर कर्जा दिने भएको छ ।
सोमबार बसेको आईएमएफ बोर्ड बैठकले आगामी ४८ महिनाभित्र श्रीलंकालाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।आईएमएफले स्वीकृत गरेको ईएफएफअन्तर्गत रहेको ३३ करोड ३० लाख डलर तत्कालै निकासा गर्ने निर्णय छ ।
श्रीलंकाले सेन्ट्रल बैंक अफ श्रीलंकालाई थप बलियो बनाउने गरि कानून संशोधन गर्नुको साथै चीन र अन्य विभिन्न कम्पनीसँग लिएको ऋण पुनर्संरचना गर्ने निर्णय गरेपछि आईएमएफले ईएफएफ उपलब्ध गराउने निर्णय गरेको हो ।
आईएमएफले विदेशी मुद्राको सञ्चिति बढाउन सहयोग गर्ने निर्णय गरेसँगै श्रीलंकाले आगामी असारदेखि आयातमा लगाएको प्रतिबन्ध क्रमशः हटाउँदै जाने भएको छ ।



