बुटवलमा केन्द्रिय कार्यालय रहेकोे तिनाउ विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि २५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सोमबार सम्पन्न दशौँ वार्षिक साधारणसभाले २०७२/७३ को मुनाफाबाट छ करोड ८२ लाख ७४ हजार ६२ रुपैंया ५० पैसा बराबरको बोनस शेयर र कर प्रयोजनार्थ १.३१५७८९४७३ प्रतिशत ले नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । हाल बैंकको चुक्तापुँजी २७ करोड ३० लाख ९६ हजार २ सय पचास रुपैंया रहेको छ । उक्त स्वीकृत वोनस शेयर वितरण गरेपश्चात बैंकको चूक्ता पुंजी ३४ करोड १३ लाख ७० हजार तीन सय १२ रुपैयाँ ५० पैसा पुग्ने बताइएको छ ।
उक्त सभाले बोनस सेयर वितरणपश्चात् कायम हुने चुक्तापुँजीबाट ३५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । साधारणसभामा बैंकका अध्यक्ष राजेन्द्र प्रसाद वझाले सञ्चालक समितिको तर्फबाट आ.व. २०७२।७३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त साधारण सभामा आ.व. २०७२।७३ को लेखा परीक्षण प्रतिवेदन, २०७३ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरणको वारेमा छलफल भएको थियो ।
रुपन्देही, नवलपरासी र चितवन गरी ३ जिल्ला कार्यक्षेत्र भएको यस बैंकले केन्द्रिय कार्यालय सहित एघार वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।



