२०७९ फाल्गुन २५ गते

फेडरल रिजर्भले फेरि ब्याजदर बढाउँदै

बैंकिङ खबर/अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले पुनः ब्याजदर बढाउने भएको छ । योसँगै विश्वका ठूला सेयर बजारमा गिरावट आएको छ। अमेरिकी आर्थिक विश्लेषकहरुले हालको रेटबाट फेडले ०.२५ प्रतिशतसम्मले ब्याजदर बढ्न सक्ने बताएका छन्। हाल फेडले ब्याजदर बढाएर ४.५ प्रतिशत पुर्याएको छ।

फेडले ब्याजदर बढाउने संकेत गरेसँगै लगानीकर्ताहरु आत्तिएका छन्। जसका कारण अमेरिकी सेयर बजारमा बिक्री दबाब परेको छ। योसँगै डाउ जोन २ प्रतिशत अर्थात ५७५ अंकले गिरावट आएको छ। एसएन्डपी ५०० मा पनि ६२ अंकको गिरावट आएको छ। यसको प्रभाव युरोपियन तथा बेलायतको बजारमा पनि देखा परेको छ। फ्रान्सको क्याक तथा बेलायतको फुट्सी १०० मा गिरावट आएको छ।

गत वर्ष मात्रै फेडले आफ्नो प्रमुख नीतिगत दर बढाएर साढे ४ भन्दा माथि पुर्‍याएको थियो। हालै फेब्रुअरीमा ब्याजदर बढेर ४.७५ प्रतिशत पुगेको थियो। जुन २००७ यताकै उच्च हो। फेडले लगातार आठौं पटक ब्याजदर बढाएको थियो। यो वृद्धि ९औं पटकको हुनेछ।

फेडका अधिकारीहरूले अमेरिकामा मूल्यवृद्धि घट्ने संकेत देखिएपनि उनीहरूले दरहरू बढाउन भने कम नगर्ने चेतावनी दिएका हुन्। जनवरीमा अमेरिकाको मुद्रास्फीति दर ६.४ प्रतिशत पुगेको छ। अघिल्लो महिना ७ प्रतिशतबाट झरेर ६.५ प्रतिशत कायम थियो। जसलाई फेडरल रिजर्भले २ प्रतिशतमा ल्याउने लक्ष्य राख्दै आक्रामक रुपमा नीतिगत दर बढाउने बताएको हो।

महँगी घटेपनि दुई प्रतिशतमा ल्याउने उनले बताए। यद्यपी सुस्ताउँदै गएको आर्थिक वृद्धिलाई लिएर पावेलले चिन्ता व्यक्त गरेका छन्। उनले डिसेम्बरमा अधिकारीहरूले अनुमान गरेको ५ देखि साढे ५ प्रतिशत ब्याजदर कायम हुन सक्ने बताएका हुन्। पावेलका अनुसार नीतिगत दर बढाउँदा फराकिलो अर्थतन्त्रमा विद्यमान मूल्य वृद्धिलाई सुस्त बनाउन सकिन्छ।

पावेलको भनाइले राजनीतिज्ञ माझ भने गम्भीर आलोचना खेपेको थियो। उनीहरूले फेडको सो कदमले मुद्रास्फीति बढाउन मद्दत गरेका रुस युक्रेन युद्ध र सप्लाइ चेन अवरोध जस्ता समस्याका कारणहरूलाई न्यून स्तरमा सम्बोधन गर्ने तर्क गरेका हुन्। जबकि आर्थिक मन्दीले लाखौं मानिसहरूले रोजगारी गुमाउने त्रासमा छन्।