Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

३३.३३ प्रतिशत बोनसपछि ३० प्रतिशत हकप्रद जारी गर्दै सनराइज बैंक, सभाबाट दुबै प्रस्ताव पारीत

२०७३ कार्तिक ७ गते

sunrise bankसनराईज बैंकले आफ्ना सेयरधनीलाई दिने भनि प्रस्ताव गरेको ३३ दशमलव ३३ प्रतिशत (३ कित्ता बराबर १ कित्ता) बोनस शेयर बैंकको साधारण सभाले पारित गरेको छ । बैंकको आइतबार बसेको नवौं साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । बैंकले लगानीकर्तालाई १ अर्ब ३२ करोड ५३ लाख ४८ हजार ८ सय रुपैयाँ बोनस दिन लागेको हो ।

साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने पुँजीबाट १० बराबर ३ अर्थात ३० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव समेत पारित गरेको छ । हाल ३ अर्व ९७ करोड चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर वितरण पछि चुक्ता पूँजी झण्डै ५ अर्ब ५० करोड पुग्नेछ । बोनस शेयर वितरण पश्चात कायम चुक्तापूँजीमा १० बराबर ३ को अनुपातमा हकप्रद जारी गर्दा चुक्तापूँजी ७ अर्ब पूग्नेछ । यसबाहेक सनराइजले पुँजीवृद्धिका लागि एनआईडीसी क्यापिटल मार्केटस लि लाई एक्वाएर गर्ने प्रक्रिया अघि बढाएको छ ।