आईएमई लिमिटेडले महान पर्व विजया दशमी–२०७३ लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना अन्तर्गत तेस्रो र चौथो हप्ताका भाग्यशाली विजेता घोषित गरेको छ । सो योजना अन्तगर्त तेस्रो हप्ता आईएमई कन्ट्रोल नम्बर ९०६७६४८६५६४ मा मलेसियाबाट रकम पठाउने आईएमई सेवाग्राही आङ्ग नर्बु शेर्पा विजयी भएका छन् भने चौथो हप्तामा १२३९०३९४३२५ मा डेनमार्कबाट पैसा पठाउने सरोज श्रेष्ठ विजेता घोषित भएका छन् । उपहारस्वरुप दुबै बिजेताले युएम पावर म्याक्स स्कुटी प्राप्त गर्नेछन् । पुरस्कार बिजेताले सिफारिस गरेका नेपालमा हुने आफन्तले प्राप्त गर्ने बताइएको छ ।
फेसबुक लाईभ मार्फत सार्वजनिक गरिएको उक्त कार्यक्रममा आईएमईका फाईनान्स कन्ट्रोलर दीपक शर्मा र वरिष्ठ प्रवन्धक खिलेन्द्र पौडेलको उपस्थिति रहेको थियो । तेस्रो हप्ताका विजेता शेर्पाले २० हजार छ सय नौ रुपैयाँ र चौथो हप्ताका विजेता श्रेष्ठले दुई हजार दुई सय ६८ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए ।
यहि आश्विन १, देखि आश्विन ३०, २०७३ सम्म एक महिना संचालन भएको “आईएमई हात हुँदैन खाली” योजनामा नेपालका १४७ आईएमई सेन्टर सहित ५२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी थिए । यस योजनाबाट श्रम एवं बिभिन्न उद्देश्यले प्रवासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने अवसर प्राप्त भएको विश्वास आईएमईले लिएको छ ।
यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट आदि निश्चित उपहार पाउने व्यवस्था मिलाईएको थियो । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईएको थियो भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्राप्त गर्न सक्ने व्यवस्था गरिएको थियो । लक्की ड्र को नतिजा यस कम्पनीको आधिकारिक वेभसाईट, सामाजिक सन्जाल, एवं विभिन्न संचारका माध्यममार्फत् सार्वजनिक गरिसकिएको समेत कम्पनीले जानकारी गराएको छ ।
आईएमईले सेवा शुभारम्भको १६ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ५२०० भन्दा बढी शाखा÷सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।



