सरकारले पूँजीगत खर्च बढाउन नयाँ नीति ल्याउने तयारी गरेको छ । अहिले पूँजीगत बजेट खर्च गर्न नसक्दा विकासका कामहरु प्रभावकारी हुन सकिरहेका छैनन् । त्यसैले पनि पूँजीगत खर्च बढाउन सरकारले नयाँ नीति अख्तियार गर्ने तयारी गरेको हो ।
विकास बजेटमा हुने टेण्डर मङ्सिर महीनाभित्र गर्ने र चैतभित्र ५० प्रतिशत काम सक्नुपर्ने प्रावधानसहितको नयाँ नीति ल्याउने तयारी भईरहेको अर्थमन्त्रालयले जनाएको छ । आर्थिक वर्षको अन्तिमतिर मात्र हतारमा विकास बजेट खर्च गर्ने परम्परा हटाउन पनि यस्तो नीति अख्तियार गर्न लागिएको उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बताए । नीति ल्याएलगत्तै यस्ता योजनाको अनुगमनमा सरकारले विशेष कडाई गर्ने अर्थमन्त्री महराको भनाई छ ।
उनका अनुसार ल्याइने नयाँ कार्यक्रमले रुग्ण उद्योगलाई केहि राहत पुग्ने बताएको छ । राष्ट्रिय उद्योगहरुलाई प्रोत्साहन हुने गरी सरकारले नीति बनाउने उनको भनाइ थियो । रुपन्देहीको मोतिपुरमा बन्न लागेको औद्योगीक करिडोर निर्माणको कामलाई पनि प्रथामिकतामा राखिने महराले बताए ।



