Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कृषि विकास बैंकको सीइओका लागि पाँच जनाको नाम सिफारिस

२०७९ फाल्गुन ५ गते

बैंकिङ खबर/कृषि विकास बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जनाको नाम सर्ट लिस्टमा छानिएको छ । सीईओ छनोट समितिले आवेदन दिएका २२ जनाबाट ५ जनाको नाम छनोट गरेको हो ।

५ जनामा बद्री गुरागाई, गोविन्द गुरुङ, प्रताव सुवेदी, यज्ञप्रकास न्यौपाने र विष्णुदेव यादव रहेका छन् । यी ५ जनामध्येबाट १ जनालाई मन्त्रिपरिषदले सीईओमा नियुक्त गर्ने छ ।