नविल बैंकले ११० जना कर्मचारीको दरखास्त आह्वान गरेको छ । बैंकले १०० जना ट्रेनी एसिस्टेन्ट र १० जना म्यानेजमेन्ट ट्रेनी माग गरेको हो ।
स्नातक तहमा कम्तिमा सेकेन्ड डिभिजन या २.५ जिपिए ल्याउनेले ट्रेनी एसिस्टेन्ट पदमा आवेदन दिन सक्ने जनाइएको छ । लिखित र मौखिक परिक्षामा उत्तिर्ण हुनेलाई कम्तिमा दुई बर्षको परिक्षण अधवि हुनेछ । त्यसपछि एसिष्टेन्ट तहको स्थायि नियुक्ती दिने बैंकले जनाएको छ । २५ बर्ष भन्दा कम उमेरका फ्रेस युवा युवतीले यो तहमा आवेदन दिन पाउनेछन् ।
म्यानेजमेन्ट ट्रेनीका लागि भने स्नातकोत्तरमा फष्ट डिभिजन या ३.२५ जिपिए ल्याएको हुनुपर्ने बैंकले जनाएको छ । कमर्स, व्यवस्थापन, तथ्याङ्क शास्त्र, फाइनान्स, व्यवसाय, लेखा या वैंङ्किङ सँग सम्बन्धित विषय पढेको हुनुपर्ने समेत जनाइएको छ । सीए पढेका व्यक्तिले समेत आवेदन दिन पाउनेछन् । म्यानेजमेन्ट ट्रेनीलाई कम्तिमा एक बर्षको तालिम एवं परिक्षणकाल पश्चात अधिकृत तहमा स्थायी नियुक्ति दिने बैंकले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका फ्रेस उम्मेदवारले कात्तिक १९ गतेभित्र मेरोजब डट कममा आवेदन दिनु पर्नेछ ।