
बैंकिङ खबर/ भारतले नेपाललाई उपलब्ध गराउने वार्षिक अनुदान घटाएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बुधबार पेश गरेको भारतको युनियन सरकारको २०२३-२०२४ को बजेटमा नेपाललाई ५ अर्ब ५० करोड भारु अनुदान शीर्षकमा विनियोजन गरेकी हुन्।
गत वर्ष भारु सात अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) अनुदान छुट्याइएको थियो। त्यसमा ४ अर्ब २५ करोड भारु भारतले नेपाललाई भुक्तानी गरिसकेको छ।
सन् २०२१–२२ को बजेटमा भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) अनुदान छुट्याएको थियो।



