October 23rd, 2016

महालक्ष्मी विकास बैंकमा १८ जनाका लागि जागीर खुल्यो

mahalaxmiमहालक्ष्मी विकास बैंकले १८ जना कर्मचारी माग गरेको छ । बैंकले ८ जना सुपरभाइजर र १० जना अफिसर माग गरेको हो । सुपरभाइजरका लागि स्नातक उतीर्ण गरेको, कम्तीमा ३ वर्ष वित्तीय क्षेत्रमा शाखा सञ्चालन तथा कर्जासम्बन्धि काम गरेको र ३५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । स्नातकोत्तर उतीर्णलाई प्राथमिकता दिइने बताइएको छ । 

अफिसर पदका लागि स्नातकोत्तर उतीर्ण, कम्तीमा ५ वर्ष वित्तीय क्षेत्रमा शाखा सञ्चालन तथा कर्जासम्बन्धि काम गरेको, ४० वर्ष उमेर ननाघेको र शाखा व्यवस्थापकको जिम्मेवारी बहन गर्न सक्ने नेपाली नागरिकले आवेदन दिन सक्ने बताइएको छ । 

यसका अलावा पुमोरी सफ्टवेर सम्बन्धि व्यवहारिक ज्ञान भएको, राम्रो कम्युनिकेसन स्किल भएको, अग्रेजी र नेपाली भाषा लेखनका साथै बोलाईमा पनि पोख्त हुनपर्नेछ । 

इच्छुक तथा बैंकले तोकेबमोजिक योग्यता पुगेका उम्मेदवारले ७ नोभेम्बर अर्थात कात्तिक २२ गतेभित्रमा निवेदन, वायोडाटा र हालसालै खिचेको पासपोर्ट साइजको फोटो career@mahalaxmi.com.np मा पठाउनुपर्नेछ ।