October 22nd, 2016

सानिमा बैंकमा जागीर खुल्यो

sanima-bankसानिमा बैंकले अफिसर र एसिस्टेन्ट तहका विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले रिलेसनसिप मेनेजर, ब्रान्च मेनेजर, ब्रान्च अपरेसन इन्चार्ज, लिगल अफिसर, रिलेसनसिप अफिसर र ब्रान्च असिस्टेन्ट माग गरेको हो । अफिसर तहका रिलेसनसिप मेनेजर कर्जा डिपार्टका लागि दुई जना र निक्षेप व्यवस्थापन डिपार्टका लागि एक जना माग गरिएको छ । कर्जा डिपार्टका लागि एसिस्टेन्ट तहमा रहेर काम गर्ने रिलेशनसिप मेनेजर माग गरिएको छ । विभिन्न शाखाहरुका लागि एसिस्टेन्ट माग गरिएको छ भने बैंकासुरेन्सका लागि एसिस्टेन्ट तहमा रहेर काम गर्ने रिलेसनसिप अफिसर माग गरिएको छ । 

शैक्षिक योग्यताभन्दा अनुभव तथा कार्यक्षमतालाई बढी मान्यता दिइने बैंकले जनाएको छ । उक्त पदमा रहेर जिम्मेवारी बहन गर्न सक्ने र अनुभवीले ४ नोभेम्बर अर्थात कात्तिक १९ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ । 

सम्पर्क :

  • Log on to https://career.sanimabank.com and ‘’Apply Online’’ icon to apply for the position.
  • G.P.O. Box: 20394,’Alkapuri,’ Naxal, Kathmandu
  • Tel.: +977-4428979/80
  • Fax: +977-1-4428969
  • E-mail: sanima@sanimabank.com