कृषि बिकास बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गरेको छ । बैंकले सर्बसाधारण सेयरधनीको लागि १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रदमा मंसिर ७ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । बैंकको शेयरमा असोज ९ गतेसम्म शेयर स्वामित्व रहेका र लगानी गरेकाहरुले आवेदन दिन पाउने छन् । कृषि बिकास बैंकको बिभिन्न कार्यालयसहित एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका कार्यालय र सिबिआईएल क्यापिटल लिमिटेडबाट बैंकको शेयरमा आवेदन दिन सकिनेछ ।



