Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

लगातार ओरालो लाग्दै चीनको विदेशी विनिमय सञ्चिति : एकै महिनामा १९ अर्ब डलरले घट्यो

२०७३ कार्तिक २ गते

dollorचीनको विदेशी विनिमय सञ्चिति सेप्टेम्बर महिनामा पाँच वर्षयताकै न्यून कायम भएको छ । विदेशी विनिमय सञ्चिती एकै महिनामा १९ अर्ब डलरले घटेको हो । विश्वकै ठूलो परिमाणको विदेशी विनिमयको सञ्चिति ३.१७ ट्रिलियन डलरमा झरेको पिपुल्स बैंक अफ चाइनाले आफ्नो वेबसाइटमार्फत जनाएको छ । विश्लेषकहरुले सेप्टेम्बर महिनामा विदेशी विनिमय सञ्चिती ३.१८ ट्रिलियनमा झर्ने अनुमान गरेका थिए । चीनको विदेशी मुद्राको सञ्चिति ओरालो लागेको यो लगातार तेस्रो महिना हो । 

पुँजी पलायनका कारण आफ्नो मुद्राको रक्षार्थ केन्द्रीय बैंकले ठूलो परिमाणमा खर्च गरेलगत्तै चीनको विदेशी विनिमयको सञ्चिति ओरालो लागेको हो । यसलाई विश्लेषकहरूले विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको वृद्धि ओरालो लागेसँगै सुरु भएको पुँजी पलायनको अवस्था रोक्नका लागि चीनले युआन खरिद गर्न विदेशी मुद्रा बिक्री गर्न थालेको संकेतका रूपमा हेरेका छन् ।