२०७३ कार्तिक १ गते

शूल्क नतिर्दा ६४ कम्पनीको कारोबार रोकियो, सोमबार मात्रै थपिए २६ कम्पनी

nepseनेपाल स्टक एक्सचेन्जले सोमबार २६ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । बार्षिक नवीकरण शुल्क नतिरेको भन्दै नेप्सेले यी कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । 

सोमबारबाट सेयर कारोबार बन्द हुने कम्पनीहरुमा अल्पाइन डेभलपमेन्ट बैंक, भार्गभ विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, हाम्रो विकास बैक, कर्णाली विकास बैक र टुरिजम डेभलपमेन्ट बैक रहेका छन् । त्यस्तै, मञ्जुश्री फाइनान्स, मल्टिप्रपोज फाइनान्स र नेपाल फाइनान्स एण्ड सेभिङको पनि सेयर कारोबार रोक्का गरिएको छ । आइएलएफसी माइक्रोफाइनान्स, कालिका माइक्रो क्रेडिट, किसान माइक्रोफाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, नेपाल ग्रामिण विकास बैक, नेरुडे लघुवित्त, साना किसान विकास बैक, सेती वित्तीय संस्था र नागवेली लघुवित्तको पनि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ । त्यस्तै, अपि पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी र जलविद्युत लगानी विकास कम्पनीको सेयर कारोबार पनि रोक्का गरिएको छ । लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, एनबी इन्स्योरेन्स, प्राइम कमर्सियल बैंक र लक्ष्मी बैंक ऋणपत्र २०७६को कारोबार रोक्का गरिएको छ ।    

योसँगै कारोबार रोक्का हुने कम्पनीको संख्या ६४ पुगेको छ । यसअघि नै मर्जर तथा बार्षिक शुल्क नतिरेका कारण ३८ कम्पनीको सेयर कारोबार बन्द थियो । कम्पनीहरुले तोकिएको बार्षिक नविकरण शुल्क बुझाएपछि कारोबार पुन खुल्ने बताइएको छ ।