Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तमा सेयर हाल्ने हो ? आउँदैछ उन्नतिको एक लाख ३२ हजार कित्ता आईपीओ 

२०७३ कार्तिक १ गते

ipoउन्नति माइक्रोफाइनान्स लिमिटेडले एक लाख ३२ हजार कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका एक करोड ३२ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । चालू आर्थिक वर्षभित्रमा नै आईपीओ निष्काशन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । 

अधिकृत पुँजी ८ करोड ८० लाख रहेको उन्नतिको चुक्ता पुँजी अहिले ३ करोड ८ लाख रुपैयाँ रहेको छ । उक्त आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ४ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।