Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतमा एटिएमबाटै सुन किन्न सकिने

२०७९ मंसिर २० गते

बैंकिङ खबर/ भारतमा सुन निक्लने एटिएम मेसिन जडान भएको छ । भारतीय शहर हैदरबादको “गोल्ड सिक्का” कम्पनीले हालै गोल्ड एटिएम जडान गरेको हो ।
देशकै रियल टाइम गोल्ड डिस्पेसिंग मेसिन जडान गरिएको कम्पनीले दाबी गरेको छ । उक्त मेसिन हप्तामा सातै दिन २४ सै घण्टा खुला हुने छ ।

एटिएमबाट सुन किन्नको लागि सर्वसाधारणले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोग गर्न सक्ने छन्। कार्डका माध्यमबाट ग्राहकहरूले आफूलाई आवश्यक पर्ने सुन एटिएम बाट किन्न सक्ने छन्। सुनको मूल्य भने चलन चल्तीको हुने छ ।

गोल्ड सिक्काका उपाध्यक्षका अनुसार उक्त मेसिन पाँच किलोसम्म सुन राख्ने क्षमताको छ। मेसिनले ०.५ ग्राम,१,२,५, १०, २०,५० र १०० ग्राम सम्मको सुन उपलब्ध गराउन सक्छ ।