Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यसपालीको दसैँमा, राष्ट्र बैंकले साट्यो ५८ अर्ब बढीको नयाँ नोट 

२०७३ आश्विन २९ गते

new noteयसपालिको दसैँमा नेपाल राष्ट्र बैंकले झण्डै सवा ५८ अर्बको नयाँ नोट साटही गरेको छ । नेपाल राष्ट्र बैंक मुद्रण विभागका अनुसार सर्वसाधरणका लागि बडा दसैँको फुलपातिसम्म ५८ अर्ब ९ करोड ३२ लाखको नयाँ नोट बजारमा प्रवाह गरेको हो । राष्ट्र बैंकले दसैंका लागि असोज ९ गतेदेखि १४ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराएको थियो भने सर्वसाधारणका लागि १६ गते आइतबारदेखि २१ गते शुक्रबारसम्म नोट साट्ने सुविधा दिएको थियो ।

फुलपतिसम्म ४९ अर्बको पाँच सय र हजार तथा बाँकी ५, १०, २०, ५० र १०० का नोट साटिएको मुद्रण विभागका कार्यकारी निर्देशक भुवन कँडेलले जानकारी दिए । बैंक तथा वित्तीय संस्थाले भुक्तानीमा ठूलो दरका नोट प्रयोग गर्ने गर्छन् । ठूला नोटमध्ये करिब ५६ प्रतिशत भुक्तानीका लागि उपयोग हुने गरेको छ ।
साना नोटले बजारमा खुद्रा भुक्तानीलाई सहजता प्रदान गर्ने बताइएको छ । कतिपय उपभोक्ताले दसैंका अवसरमा वर्षदिनभरि विशेषगरी पूजाआजा गर्न तथा सांस्कृतिक पर्वलाई समेत पुग्ने गरी नयाँ नोट साट्ने गरेको पाइएको छ ।

पुराना वा ठूलो दरका नोटसँग साना दरका नयाँ नोट सटही सुविधासहित राष्ट्र बैंकले बजारमा हरेक वर्ष नयाँ नोट प्रवाह गर्दै आएको छ । राष्ट्र बैंकले हरेक वर्ष दसैंअघि नयाँ नोट बजारमा पठाउने गरेको छ । दसैं पुराना नोट खिच्ने र नयाँ नोट प्रवाह गर्ने अवसर रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष एकजनालाई २२ हजार रुपैयाँमात्रै सटही सुविधा उपलब्ध गराएको राष्ट्र बैंकले यस पटक भने एक व्यक्तिलाई ३७ हजार रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराएको थियो । राष्ट्र बैंकले दसैंमा नोट सटही सुविधा दिएको समयमा साटिएको मुद्राले बजारमा मूल्यवृद्धिमा खासै असर नपर्ने राष्ट्र बैंकले जनाएको छ ।