यसपालीको दसैँमा रोल्पाबासीले सुरक्षा भत्ता बैङ्कबाट लिएका छन् । जिल्ला विकास समिति रोल्पामा दसैँ अघि बसेको स्थानीय विकास अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित विभिन्न बैङ्कका प्रमुख, महिला तथा बालबालिका कार्यालयका प्रमुख, अपाङ्ग कल्याण समाज रोल्पाका अध्यक्ष सम्मिलित बैठकको निर्णय अनुसार सुरक्षा भत्ता बैंकबाट वितरण गरिएको हो ।
यसअघि लिबाङ नगरपालिकाबाहेक अन्य गाविसमा गाविस कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको थियो । भत्ता लिवाङ नगरपालिका र यस आसपासका धबाङ, ह्वामा, जङ्कोट, कोटगाउँलगायत गाविसका नेपाल बैङ्क लिमिटेड रोल्पाबाट, गजुललगायत आसपास गाविसका लागि कृषि विकास बैङ्क रोल्पावाट वितरण गरिएको थियो । जिल्लाको सुलिचौर र घर्तीगाउँमा निकट भविष्यमै स्थापना हुने ग्लोबल आईएमई बैङ्कको शाखा कार्यालयवाट भत्ता वितरण गरिएको छ । मिझिङको सुलिचौर अन्तर्गतको ग्लोबल आईएमई बैङकले बडाचौर, सिर्प पाङ, गुम्चाल, हार्जुङ, जैमाकसलगायत आसपासका सेवाग्राहिलाई सेवा दिएको थियो । होलेरी आसपासका गाविसमा दुविडाँडा, सखी, झेनाम, दुब्रिङलगायत गाविसमा राष्ट्रिय वाणिज्य बैङ्क होलारी शाखाबाट वितरण गरिएको थियो ।



