अघिल्लो वर्षको तुलनामा यो वर्ष दसैँमा सुनचाँदीको कारोबार बढेको छ । व्यवसायीहरुले यो दसैँमा सुनचाँदीको सन्तोषजनक व्यापार गरेका छन् । नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार दसैँको समयमा दैनिक सरदर २० किलो सुन कारोबार भएको छ । काठमाडौं उपत्यकाको तुलनामा उपत्यका बाहिर सुनचाँदीको कारोबार राम्रो भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । फूलपातीदेखि बन्द भएको सुन पसल बिहीबारदेखि खुलेका छन् । सुनचाँदी शुक्रबार दसैँ अघिकै भाउमा कारोबार भैरहेको छ । शुक्रबार सुनको भाउ तोलाको ५६ हजार रुपैयाँ यथावत छ । यस्तै चाँदी पनि तोलाको ८१० रुपैयाँमा किनबेच भइरहेको छ ।



