November 30th, 2022

क्यानाडाको अर्थतन्त्र २.९ प्रतिशतले वृद्धि

बैंकिङ खबर/क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको छ । मंगलबार सार्वजनिक तथ्यांक अनुसार तेस्रो त्रैमासिकमा २.९ ले अर्थतन्त्र वृद्धि भएको हो ।

यसरी अर्थतन्त्रमा सुधार आउनुमा उच्च निर्यात र गैर–आवासीय संरचनाहरूमा जुलाईदेखि सेप्टेम्बर अवधिमा लगानी, व्यापार सूचीमा बढोत्तरी, आवास र घरेलु खर्चमा गिरावटलगायतका कारणहरू प्रमुख रहेका छन् ।

विश्लेषक रोयस मेन्डेसका अनुसार ‘ठोस वृद्धि’, लगभग दोब्बर अपेक्षाहरूको बाबजुद, प्रायः ‘बाह्य माग र अस्थिर वर्गहरू’ बाट आएको देखिन्छ ।
धेरै अर्थशास्त्रीहरूले क्यानाडा अर्को वर्ष मन्दीमा जाने भविष्यवाणी गरेका छन् । जबकि सरकारले सन् २०२२ मा ३.९ प्रतिशतबाट २०२३ मा ०.७ प्रतिशतमा वृद्धि हुने अनुमान गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]