Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

हङकङमा घरजग्गाको भाउ पाँच वर्षयताकै कम

२०७९ मंसिर १२ गते


बैंकिङ खबर/हङकङका आवासीय भवनको भाउ पाँच वर्षयताकै कम विन्दुमा आइपुगेको छ । पछिल्लो समय विश्वव्यापी र स्थानीय वित्तीय अवस्था कमजोर बनेसँगै हङकङमा आवासीय भवनको भाउ पनि कमजोर बनेको हो ।

सोमबार सार्वजनिक गरिएको घरजग्गाको भाउको सूचकअनुसार उक्त सूचक मासिक २.४ प्रतिशतले घटेको छ । यससँगै यो सूचक ३५२.४ अंकमा आइपुगेको छ । यो अंक सन् २०१७ को नोभेम्बरयताकै कम हो । यस वर्षको सुरुयता हङकङको घरजग्गाको भाउको सूचक १०.५ प्रतिशतले घटिसकेको छ ।

मासिक हिसाबमा हेर्ने हो भने हङकङको घरजग्गाको भाउमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट देखिएको हो । अबको दुईदेखि तीन महिनासम्म हङकङमा घरजग्गाको भाउ अझै घट्न सक्ने जानकारहरुको भनाइ छ । कोभिड–१९ को महामारीपछि कमजोर बनेको हङकङको अर्थतन्त्र यस वर्ष ३.२ प्रतिशतले खुम्चिने अपेक्षा छ ।