Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आयो अरुण काबेलीको आईपीओ : कात्तिक ९ गतेदेखि १२ गतेसम्म आवेदन खुला

२०७३ आश्विन २१ गते

ipoअरुण काबेली पावर लिमिटेडले ३० करोड रुपैंया बराबरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । पाँचथर र ताप्लेजुङका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि यसअघिनै १५ लाख कित्ता शेयर निष्कासन गरिसकेको कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गरेको हो । साधारण शेयरमा लगानीकर्ताले आगामी कात्तिक ९ गतेबाट छिटोमा कात्तिक १२ गते र ढिलोमा २३ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ । 

लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले न्युनतम ५० कित्ता अर्थात् ५००० रुपैयाँ र अधिकतम १५ हजार कित्ता अर्थात १५ लाख रुपैयाँसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । सिद्धार्थ क्यापिटलको केन्द्रिय कार्यालय, अरुण काबेलीको कार्यालय र सिद्धार्थ बैंकका उपत्यकाभित्रका १७ वटा शाखा र बाहिरका ४४ वटा शाखाका साथै दुईवटा एक्सटेन्सन काउन्टरहरुमा गएर आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २० करोड रहेको छ । सर्वसाधारणमा ३० करोड रुपैयाँको शेयर जारी पश्चात चुक्तापूँजी १ अर्ब ५० करोड पुग्नेछ ।