२०७३ आश्विन २१ गते

दशैँको बाहना : यसरी बेचिँदैछ पैसा सडकमा (फोटोसहित)

दशैँ बेलामा नयाँ नोट वितरण गर्ने जिम्मेवारी राष्ट्र बैंकले हुन्छ । राष्ट्र बैंकले निश्चित नोटहरु निश्चित समयावधिमा वितरण गर्ने गर्दछ । बैंक र फाइनान्स कम्पनीहरुले पनि राष्ट्र बैंकले तोकेको समयमा राष्ट्र बैंकले नै उपलब्ध गराएका नोटहरु आफ्ना ग्राहकलाई वितरण गर्न पाउँछन् । तर, यसपालीको दशैँमा अनौठो दृश्य देखियो । राजधानीको व्यस्त बजार न्युरोडस्थित काठमाडौँ मलअगाडि फुटपाथमा केही सर्वसाधारण नै नयाँ नोट बेच्न बसेका भेटिए । राष्ट्र बैंकले यसपाली ३७ हजार रुपैयाँसम्म सटही गर्न पाउने व्यवस्था गरेको थियो । सोहीअनुरुप, राष्ट्र बैंकबाट पहिले आफूले नोट साटेर सोही रकम तर केही बढी मूल्यमा बेच्नका लागि उनीहरु पैसा फिँजाएर बसेका थिए । बैंकमा लामो लाइन बस्नुभन्दा केही महँगैमा भए पनि लैजाउँ न त, भन्नेहरुको भीड पनि राम्रै थियो त्यहाँ । हाम्रा सहकर्मी नारदमुनि सिग्देलले उक्त दृश्यलाई क्यामेरामा कैद गरेका छन् । 

dscn1499 dscn1502 dscn1504 dscn1505 dscn1506 dscn1507 dscn1508