
बैंकिङ खबर/ कतारको सेन्टर बैंकले २२ रियालको नयाँ नोट जारी गरेको छ । कतारमा सञ्चालन हुने २२ औं संस्करणको फिफा विश्वकपको तयारीमा रहेको कतारमा बैंकले नयाँ नोट प्रचलनमा ल्याएको हो ।
फिफा र सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसीसँगको समन्वयमा बुधबार विश्वकप विशेष नोट र सिक्का सार्वजनिक गरिएको हो । नोट र सिक्कामा विश्वकपको लोगो, ट्रफी, लुसेल र अल बायत रङ्गशाला, राष्ट्रिय चिन्हलगायत समावेश गरिएको छ ।
विश्वकप जस्तो ऐतिहासिक कार्यक्रमको सफल आयोजनाको निमित्त बैङ्किङ क्षेत्रले नयाँ मुद्रा मार्फत योगदान गरेको सेन्टर बैंकका गभर्नर शेख बन्दर बिन मोहम्मद बिन साउद अल थानीले बताए । नयाँ मुद्राले कतारको फुटबल इतिहासलाई प्रतिनिधित्व गरेको जनाइएको छ ।


