October 7th, 2016

मेगा बैंकले माग्यो ४० जना कर्मचारी, अनुभव नचाहिने

mega bankमेगा बैंकले व्यवस्थापक र एसिस्टेन्ट लेभलका लागि ४० जना कर्मचारी माग गरेको छ । बैंकले व्यवस्थापनका लागि १० जना र एसिस्टेन्सका लागि ३० जना प्रशिक्षार्थी कर्मचारीको दरखास्त आह्वान गरेको हो । 

व्यवस्थापनका लागि कमर्स, मेनेजमेन्ट, विजनेस स्टडिज, विजनेस एडमिनिस्ट्रेसन वा अर्थशास्त्र विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उतीर्ण गरेको हुनुपर्नेछ भने एसिस्टेन्टका लागि कम्तीमा दोस्रो श्रेणीमा स्नातक उतीर्ण गरेको हुनुपर्नेछ । व्यवस्थापनका लागि ३० र एसिस्टेन्टका लागि २५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । 

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २७ अक्टोबर अर्थात् कात्तिक १२ गतेभित्रमा बैंकमा सम्पर्क गरिसक्नुपर्नेछ ।